संशोधन नगरि एमसीसी पारित हुँदैन : प्रचण्ड

संशोधन नगरि एमसीसी पारित हुँदैन : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (माओवादी केन्द) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी संशोधन नगरी पारित नहुने बताएका छन्। बिहीबार पार्टीको कर्णाली प्रदेश कमिटी बैठकलाई भर्चुअल रुपमा सम्बोधन गर्दै प्रचण्डले संसोधन नगरि अमेरिकी आर्थिक सहायता सम्झौता (एमसीसी) पास नहुने बताएका हुन् ।

उनले भने, ‘हामीले अमेरिकी सहयोग लिनै हुन्न भनेका छैनौं । अन्य सहयोग लिइ पनि राखेका छौं । एमसीसीमा भएका केही प्रावधानहरु संशोधन हुनुपर्छ। त्यसो भएमा एमसीसीको बजेट लिन गाह्रो छैन । एमसीसीमा भएका प्रावधान संशोधन नभए यथास्थितिमा पारित हुँदैन,’ त्यसैगरी प्रचण्डले एमसीसीका कारण हालको गठबन्धन् नफूट्ने पनि बताएका छन् ।

‘एमसीसीकै कारण गठबन्धन टुट्ने कुरा हल्ला मात्रै हो । त्यसरी कमजोर रुपमा गठबन्धन बनाएको होइन । यो गठबन्धन टुटाउन जतिसुकै षड्यन्त्र गरेपनि गठबन्धन कायम रहन्छ ।’ उनले भने । स्थानीय निर्वाचन जेठमा हुने बताउँदै प्रचण्डले निर्वाचनको तयारीमा लाग्न नेर्देशन समेत दिएका छन् ।

उनले भने, ‘पार्टी नेतामुखी, शहरमुखी भएको जनगुनासोहरु आइरहेका छन्। तपाईंहरु गाउँ र जनतामुखी भएर लाग्नुस्। स्थानीय चुनावमा जनताको मन जितेर पहिलो शक्ति बन्नुहोस् ।’