काठमाण्डु- अमेरिकाले एमसीसी परियोजना आउँदो फागुन १६ गतेभित्र संसदबाट अनुमोदन गरिसक्न नेपाल सरकारलाई पत्र पठाएको छ । एमसीसी मुख्यालयले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ गठबन्धनको दल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयुक्त पत्र पठाएर सम्झौता अनुमोदन गर्ने अन्तिम समयसीमा दिएको हो ।
यसअघि असोज १३ मा देउवा र प्रचण्डले एमसीसी मुख्यालयलाई लेखेको पत्रमा सम्झौता संसदबाट अनुमोदन गर्ने प्रतिबद्धता जनाउँदै पाँच महिनाको समयसीमा मागेका थिए । एमसीसीले देउवा र प्रचण्ड दुवैले मागेको समयसीमा सम्झाएको हो ।
एमसीसीले पठाएको पत्रमा सम्झौता अनुमोदन गर्न आग्रह गर्दै त्यसका लागि दुवै नेताले गठबन्धनका दल र सांसदहरुसँग पहल गर्ने भनेर जनाएको प्रतिबद्धता पनि स्मरण गराएको छ । एमसीसी मुख्यालयले फागुन १६ भित्र सम्झौता अनुमोदन नभएमा एमसीसी बोर्डले सम्झौताबारे अर्को कदम चाल्नेसमेत पत्रमा उल्लेख गरेको छ ।




प्रतिक्रिया