काठमाण्डु – सत्ता गठबन्धनका तीन शिर्ष नेताबीच भेटवार्ता हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच आज भेटवार्ता हुने भएको हो ।
उनीहरुबीच अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता हुने बताइएको छ । एमसीसी अनुमोदन गर्ने निर्णायक पहल भइरहेका बेला कांग्रेसका सभापति समेत रहेका देउवा र माओवादी अध्यक्ष प्रचण्डले एमसीसी सम्झौता पास गर्ने अमेरिकालाई लिखित पत्र नै पठाएको खुलासा भएको छ ।
एमसीसी संसदबाट अनुमोदन गर्नेबारे अमेरिकालाई गरेको प्रतिवद्धता पत्र नै सार्वजनिक भएलगत्तै उनीहरु छलफलमा जुट्न लागेका हुन् । देउवा र प्रचण्डको ६ बुँदे बाचा सार्वजनिक भएपछि सत्ता गठबन्धनमा भूकम्प आएको छ ।
अमेरिकाले देउवा र प्रचण्डको नाममा पत्र पठाउँदै फेब्रुअरी २८ भित्र संसदबाट एमसीसी अनुमोदन गरिसक्न समयसीमा दिएको छ । उक्त समयमा एमसीसी अनुमोदन नभए मार्चमा सम्झौता रद्द गर्ने अमेरिकाले बताएको छ । यस्तो अवस्थामा सत्ता साझेदार दलका प्रमुख तीन शिर्ष नेताहरु छलफलमा जुट्न लागेका हुन् ।




प्रतिक्रिया