काठमाण्डु – नेकपा माओवादी केन्द्रका नेता नारायाणकाजी श्रेष्ठले एमसीसीबारे माओवादीको दृष्टिकोणबारे भ्रममा नपर्न आग्रह गरेका छन् ।
नेता श्रेष्ठले सामाजिक सञ्जालमार्फत पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीलाई पठाएको भनी सार्वजनिक गरिएको पत्रका कारण माओवादीको दृष्टिकोणकाबारे भ्रममा नपर्न आग्रह गरेका हुन् । उनले यथास्थितिमा एमसीसी संझौता स्विकार गर्न नसकिने भन्दै माओवादी केन्द्रको अडान कायमै रहेको बताएका हुन् ।
उनले लेखेका छन्, ‘प्रम देउवा र अध्यक्ष कमरेड प्रचण्डद्वारा एमसिसि अमेरिकालाई पठाइएको भनी सार्वजनिक गरिएको पत्रका कारणबाट एमसिसि कम्प्याक्टका बारेमा हाम्रो पार्टीको दृष्टिकोण र अडानप्रति कुनै द्विविधा र भ्रममा नपर्न आम पार्टी पंक्ति र सबैमा अनुरोध छ । पार्टी दृढ छ,यथास्थितिमा यो संझौता स्विकार गरिनेछैन ।’




प्रतिक्रिया