विप्लव नेतृत्वको नेकपा जुम्ला कमिटी माओवादीमा ‘समाहित’

विप्लव नेतृत्वको नेकपा जुम्ला कमिटी माओवादीमा ‘समाहित’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जुम्ला जिल्ला इञ्चार्ज नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जिल्ला इञ्चार्ज चन्द्रबहादुर तिरुवा ‘रविकिरण’ आज बिहान माओवादीमा प्रवेश गरेका हुन् ।

उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बिहान खुमलटारस्थित निवासमा पार्टी प्रवेश गराएका हुन् ।खुमलटारमा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवम् कर्णाली प्रदेशका इन्चार्ज शक्ति बस्नेत समेत सहभागी थिए । बस्नेतकै पहलमा विप्लव माओवादीका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरका हुन ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार इन्चार्ज तिरुवासहित सिङ्गो पार्टी माओवादी केन्द्रमा समाहित भएको हो ।