दुई डीएसपीसहित तीन दर्जन बढी प्रहरी र प्रदर्शनकारी घाइते

दुई डीएसपीसहित तीन दर्जन बढी प्रहरी र प्रदर्शनकारी घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं –  सरकारविरुद्ध सडकमा उत्रिएको प्रमुख विपक्षी कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । नयाँबानेश्वरमा झडपका क्रममा दुई डीएसपीसहित ११ प्रहरी र तरुण दलका अध्यक्ष जीतजंगबस्नेतसहित तीन दर्जन बढी प्रदर्शनकारी घाइते भएका छन् ।

कांग्रेसले तरुण दलको आहृवानमा प्रदर्शन गरेको थियो, जसमा प्रमुख सचेतक बालकृष्ण खाँड, राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे लगायत पनि सहभागी थिए ।माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन विजुलीबजार पुलमा आएपछि मुल सडकमा प्रवेश गर्‍यो ।

प्रहरीले रोक्न खोजेपछि बानेश्वरमा तनाव देखियो । बानेश्वरको एकातिर डा। गोविन्द केसीका समर्थकहरुको सभा चलिरहेको थियो भने अर्कोतिर कांग्रेसले निषेधाज्ञा तोड्न खोज्यो ।प्रहरीले अश्रुग्यास हान्दा डा। केसीका समर्थकहरुको सभामा सहभागीहरु समेत प्रभावित भएका थिए ।

कांग्रेसका कार्यकर्ताले ढुंगा हान्न थालेपछि झडप भयो । प्रहरीले अश्रुग्यासका साथै लाठी हानेको थियो भने प्रर्दशनकारीले ढुंङगा प्रहार गरेका थिए । यसले नयाँवानेश्वर क्षेत्र तनाबग्रस्त बन्यो ।तरुण दलका कार्यकर्ताले ढुंगामुढा गरेपछि प्रहरीले प्रदर्शनकारीलाई बुद्धनगर र बबरमहलसम्म लेखेटेको थियो ।