काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्यागको घोषणा गरेका छन्। अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो मागको सम्बोधन नगरेको भन्दै असन्तुष्ट रहेका थापाले पार्टी परित्यागको घोषणा गरेका हुन् ।
उनले पार्टी परित्यागको घोषणा गरेको केन्द्रिय सदस्य अभिषेक थापाले जानकारी दिएका छन् । अभिषेकका अनुसार आज गृहनगर हेटौंडामा आयोजित एक कार्यक्रममा थापाले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
राप्रपा निबर्तमान अध्यक्ष एबं पुर्ब उपप्रधानमन्त्री कमल थापाले गृह नगर हेटौंडामा आज आयोजित पत्रकार सम्मेलन मार्फत राप्रपाबाट अलग हुने निर्णय गर्नुभएको छ । @KTnepal pic.twitter.com/eX0jK7Vm8c
— Rajaram Bartaula (@rrbartaula) February 8, 2022




प्रतिक्रिया