काठमाण्डु – बुधबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । संसद सचिवालयले भोलि दिउँसो १ बजेका लागि बोलाइएको बैठक फागुन २ गतेसम्मका लागि स्थगित गरेको हो ।
भोलि बस्ने बैठकका सम्भावित कार्यसूची समेत सार्वजनिक भइसकेको थियो । सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको प्रतिवेदन पेश गर्ने र शोक प्रस्ताव पारित गर्ने उल्लेख थियो । तर, सरकारको आग्रहमा संसद बैठक स्थगित गरिएको संसद सचिवालयका महासचिव भरत गौतमले जानकारी दिए ।
भोलि बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी टेबुल गर्ने तयारी गरेका थिए । तर, सत्तारुढ गठबन्धन दलमा सहमति जुट्न नसकेपछि भोलिका लागि बोलाइएको बैठक स्थगित गरिएको हो ।
कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले यसबारेमा सभामुखसँग परामर्श गरेका थिए । मंंसिर २८ गते सुरु भएको प्रतिनिधि सभाको सत्रको बैठक निरन्तर स्थागित हुँदै आएको छ ।





प्रतिक्रिया