एमाले सिन्धुपाल्चोकको अध्यक्षमा कमल नेपाल चयन

एमाले सिन्धुपाल्चोकको अध्यक्षमा कमल नेपाल चयन


काठमाण्डु – नेकपा एमाले सिन्धुपाल्चोकको अध्यक्षमा कमल नेपाल चयन भएका छन् । १० औं महाधिवेशन सकिएको एक महिनापछि एमाले सिन्धुपाल्चोकले नयाँ नेतृत्व पाएको हो ।

अध्यक्षमा नेपालसहित उपाध्यक्षमा रामचन्द्र बस्नेत, उपसचिवमा शशीला पाख्रिन र चिरन तामाङलाई चयन गरेको छ । पुस २३ गते बाह्रविसेमा एमाले सिन्धुपाल्चोकको जिल्ला अधिवेशनको उद्घाटन भएको थियो ।

अध्यक्षका लागि नेपालसहित केदार क्षेत्री, बालकृष्ण देउजा, होमनारायण श्रेष्ठ र डोल्मा तामाङले उम्मेदवारी दिएका थिए । त्यसपछि विभिन्न कारण नेतृत्व चयन हुन सकेको थिएन ।