काठमाण्डु – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । पदाधिकारी चयन गर्ने भन्दै यहि माघ २८ र २९ गते काठमाण्डुको प्रज्ञा भवनमा बोलाइएको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।
माओवादीको राष्ट्रिय महाधिवेशनले अध्यक्ष र केन्द्रीय सदस्य चयन गरे पनि अन्य पदाधिकारी छनोट गर्न सकेको छैन । कोरोना संक्रमणलाई विशेष कारण देखाएर बैठक सारिएको माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।
अमेरिकी सहयोग परियोजना एमसिसीका विषयमा गठबन्धनमा ठोस सहमति नजुटेसम्म केन्द्रीय समिति बैठक बस्ने सम्भावना नरहेको एक नेताले बताए ।




प्रतिक्रिया