राप्रपा बैठक : सबै स्थानिय तह निर्वाचनमा उम्मेदवार खडा गर्ने निर्णय

राप्रपा बैठक : सबै स्थानिय तह निर्वाचनमा उम्मेदवार खडा गर्ने निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्थानिय निर्वाचनमा सबै तहमा आफ्ना उम्मेदवार खडा गर्ने निर्णय गरेको छ ।बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले संगठन सुदृढ र क्रियाशील तुल्याउँदै सबै स्थानीय तहमा उमेदवार खडा गर्ने निर्णय गरेको हो ।

प्रवक्ता मोहन श्रेष्ठले वैशाख ३० गते हुने निर्वाचनका लागि सबै स्थानीय तहमा उम्मेदवार खडा गर्ने निर्णय भएको जानकारी दिए । उनले पार्टीको नीति, विचार, सिद्धान्त र कार्ययोजनाबारे आम जनतालाई जागरुक गराउन देशव्यापी घरदैलो कार्यक्रम सञ्चालन गर्ने पनि बैठकले निर्णय गरेको जानकारी दिए ।

यस्तै फागुन महिनालाई प्रशिक्षणको महिना बनाउने, पार्टीको केन्द्रीय, प्रदेश र जिल्ला तहमा प्रशिक्षण सञ्चालन गर्ने, जिल्ला कार्यसमिति र स्थानीय तह अन्तर्गतका समितिको सिफारिसमा फागुन मसान्तभित्र उमेदवार छनौट गर्ने लगायतका निर्णय पनि बैठकले गरेको छ ।

यस्तै बैठकले समान विचार भएकाहरुसँग एकता, मोर्चा वा सहकार्यका लागि भइरहेका प्रयासको समीक्षा गर्दै जारी वार्तालाई निरन्तरता दिने निर्णय पनि गरेको श्रेष्ठले जानकारी दिए ।