काठमाण्डु – नेपाली कांग्रेसले एमसीसी संसदबाट पास गर्ने निष्कर्ष गरेको छ । पार्टी कार्यालय सानेपामा आज बसेको कार्यसम्पादन समितिको बैठकले गठबन्धन नरहेपनि एमसीसी संसदबाट पारित गर्ने निष्कर्ष निकालेको हो ।
बैठकपछि बोल्दै केन्द्रीय सदस्य शशांक कोइरालाले एमसीसी पारित गरिनुपर्ने निष्कर्ष निकालिएको जानकारी दिए । बैठकमा सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनभित्र एमसीसीबारे भइरहेको छलफलबारे जानकारी गराएका थिए ।
पूर्वअर्थमन्त्री समेत रहेका डा. रामशरण महतले एमसीसी परियोजनाबारे विस्तृतमा चर्चा गरेका थिए । देउवाले संक्षेपमा एमसीसीबारे लिखित सामग्री डा. महतसँग मागेको बैठकमा सहभागी नेता डा. शशांक कोइरालाले बताए ।




प्रतिक्रिया