प्रचण्डको सचिवालयले भन्यो – एमसीसीबारे केपी ओली गैरजिम्मेवार

प्रचण्डको सचिवालयले भन्यो – एमसीसीबारे केपी ओली गैरजिम्मेवार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले एमसीसीका विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गैरजिम्मेवार बनेको आरोप लगाएको छ । प्रचण्डका स्वकीय सचिव रमेश मल्लले शुक्रबार सामाजिक सञ्जालमार्फत सो आरोप लगाएका हुन् ।

बिहीबार साँझ प्रचण्डले टेलिफोन गरेर एमसीसीबारे सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफल गर्न आग्रह गरेका थिए । तर, जवाफमा ओलीले तपाईंहरुसँग बहुमत छ, पास गरेर देखाउन भनेपछि मल्लले ओली गैरजिम्मेवार बनेको आरोप लगाएका हुन् ।

‘अध्यक्ष कमरेड प्रचण्डले एमसीसी अहिले सामान्य आर्थिक सहयोगको परियोजना मात्र रहेन, यो राष्ट्रिय राजनीतिको मुद्दा बनिसक्यो । यसमा सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफल गरौं । यसमा तपाईं र तपाईंको पार्टीको धारणा स्पष्ट गर्नुस् र यसमा राष्ट्रिय सहमति निर्माण गर्ने कोसिस गरौं । देश अहिले निर्वाचनमा होमिएको र एमसीसीमा दलहरूबीच र राष्ट्रिय रुपमा सहमति बन्ने स्थिति नभएको अवस्थामा सम्बन्धित पक्षसँग यसलाई निर्वाचन पछि लैजाने कुरा गरौं भन्नुभएको हो’, शुक्रबार सामाजिक सञ्जालमार्फत बताएका छन् ।

तर अध्यक्ष ओलीले त्यसलाई गम्भीरतापूर्वक नलिएको उनको भनाइ छ । ‘उहाँले बरु तपाईंहरुसँग बहुमत छ, पास गर्नुस्। तर गैर संसदमा रहँदासम्म संसद चल्न भने दिन्नौँ भनेर पुरै गैरजिम्मेवार जवाफ फर्काउनु भएको हो। यसबारे अरु कुनै भ्रम रहन जरुरी छैन’, मल्लले भनेका छन् ।