यस्ता छन् स्थानीय निर्वाचन अघि एमालेले गर्ने चार काम

यस्ता छन् स्थानीय निर्वाचन अघि एमालेले गर्ने चार काम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले स्थानीय तहको निर्वाचन अघि आफ्नो पार्टीको ध्यान चार वटा विषयमा केन्द्रित हुने बताएको छ । शुक्रबार स्थानीय तह निर्वाचन तयारी केन्द्रीय प्रशिक्षण कार्यक्रमलाई उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अबकाे ध्यान चार वटा विषयमा केन्द्रित रहने बताएका हुन् ।

ती मध्ये पहिलो विषय तोकिएकै मितिमा निर्वाचन गराउने, दोस्रो– २०७९ वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई स्वतन्त्र, निश्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण वातावरणमा गराउनमा पनि विशेष ध्यान दिने, तेस्रो– जनतलाई भ्रममा पार्ने, अन्योलमा पार्ने परमादेशवादीका प्रयास असफल पार्नेतर्फ ध्यान दिने र चौथो स्थानीय तहका परिणामलाई देशभत्ति, लोकतन्त्र र संविधानको वास्तविक कार्यन्वयनको पक्षमा पार्न विशेष ध्यान दिने रहेको छ ।

अध्यक्ष ओलीले यीनै चार कामहरुलाई नै विष बनाएर प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने बताए । उनले भने, ‘यिनै विषयलाई लिएर हामी प्रशिक्षण कार्यक्रमहरु संञ्चालन गर्छौं । जसमा केन्द्रिय निर्वाचन विभाग, स्थानीय तह विभाग र पार्टी स्कुल विभागले संयुक्त रुपमा आफ्ना विषयमा केन्द्रित भएर प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नेछन् ।’