काठमाण्डु – नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाविरुद्धको आन्दालनलाई पुन निरन्तरता दिने भएको छ ।
कोरोना भाइरसको बढ्दो जोखिमलाई मध्यनजर गर्दै पछिल्लो समयमा ‘भर्चुअल’ माध्यमबाट आन्दोलन गर्दै आएको बारले आजबाट भौतिक रुपमा नै उपस्थित भएर सर्वोच्च परिसरमा पुनः आन्दोलन गर्ने भएको हो ।
गत २८ माघमा बसेको बार एशोसिएशनले उक्त आन्दोलनको नयाँ कार्यक्रम मिति र स्वरुप तय गरेको महासचिव लीलामणि पौडेलले जानकारी दिए । नेपाल बारले विगत १ सय ७ दिन देखी प्रधानन्यायाधीश राणाको राजिनामा माग गर्दै आन्दोलन गर्दै आइरहेको छ ।




प्रतिक्रिया