काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफूविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव फेश गर्ने बताएका छन् ।
संसदमा महाअिभियोग प्रस्ताव दर्ता भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानन्यायाधीश राणाले फेश गर्ने तर राजीनामा नदिने बताएका हुन्। उनले भने, ‘म राजीनामा दिन्नँ । महाभियोग प्रस्ताव फेश गर्छु ।’
आजमात्रै सत्ता गठबन्धनका ९८ सांसदले प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका छन् । राणाले यसअघिदेखि नै आफूले संवैधानिक रुपमा नियुक्त भएकोले संवैधानिक तवरले हटाउन खोजे त्यसको सामना गर्ने बताएका थिए ।
राणाको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले पनि विगत १ सय ५ दिनदेखि आन्दोलन गर्दै आएको छ । केहि समयदेखि कोरोना महामारीका कारण भर्चुअल रुपमा आन्दोलन गर्दै आइरहेको बारले आजदेखि फेरि भौतिक उपस्थितीमै सर्वोच्च परिसरमा आन्दोलन सुरु गरेको छ ।




प्रतिक्रिया