एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सत्ता गठबन्धनका सांसद्ले महाअभियोग प्रस्ताव दर्ता गरेपछि एमालेले बैठक बोलाएको हो ।

बैठक आज साँझ ६ बजे बालकोटमा बस्ने तय भएको एमालेले जनाएको छ । जबराविरुद्ध महाअभियोगको प्रस्ताव संघीय संसद सचिवालयमा दर्ता भएपछिको अवस्थाबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

त्यस्तै एमालेले संसदीय दलको बैठक पनि बोलाएको छ । भोलि बिहान ११ बजे संसद् भवन, नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानन्यायाधीशविरुद्धको महाअभियोगबारे छलफल गरिने एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले जानकारी दिए ।

स्थानीय तहको चुनावको सम्बन्धि प्रशिक्षण सुरु गरेपछि एमालेका धेरै सांसद राजधानी बाहिर छन् । एमालेले आइतबार बेलुकासम्म सबै सांसदहरुलाई काठमाण्डु फर्किन निर्देशन दिएको छ ।