काठमाण्डु – नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि महाभियोग प्रस्ताव वैशाख ३० मा निर्धारित स्थानीय तहको चुनाव रोक्ने षड्यन्त्र भएको बताएका छन् ।
आइतबार सत्तापक्षका सांसदहरुले महाभियोग प्रस्ताव संसद सचिवालयमा दर्ता गरेपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै नेता रिमालले सो बताएका हुन् । उनले महाअभियोग प्रस्तावको सिलसिलाको विजारोपण गर्दै सर्वोच्च अदालतलाई विवादमा हुँडल्ने काम गरेको बताएका छन् ।
‘अहिलेको अवस्थामा सर्वोच्च अदालतलाई फेरि विवादमा ल्याउने र हुँडल्ने काम गरिएको छ । सत्ता पक्षले महाभियोगको सिलशिलाको विजारोपण गरेर अत्यन्त हानिकार, अनुचित, र अनुत्तरदायी काम गरेको छ’ रिमालले भनेका छन्, ‘यो कार्य वैशाख ३० मा निर्धारित स्थानयि तहको चुनाव रोक्ने षड्यन्त्रको एउटा अंग हुनसक्छ ।’
आईतबार सत्ता पक्षका ९८ सांसदले प्रधानन्यायाधीश राणामाथि महाभियोग प्रस्ताव दर्ता गरेका थिए । सर्वोच्चका प्रधानन्यायाधीशमाथि महाअभियोग लगाइएको यो दोस्रो पटक हो । यसअघि शुशिला कार्कीमाथि पनि महाअभियोग लगाइएको थियो ।




प्रतिक्रिया