काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको वैधानिकताबारे प्रश्न उठाए सहन नसकिने बताएका छन् । आइतबार काठमाण्डुमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।
आफ्नो पार्टीले कानुनी आधारमा वैधानिकता पाएको र आफूहरुलाई सांसदको रुपमा स्वीकार गर्ने स्थिति बनाइएको दाबी समेत गरे । त्यस्तै अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन मिलेर तीनवटै तहको निर्वाचनमा जाने भन्दै स्थानीय तहको निर्वाचनमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन पनि दिए ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले वैधानिकताको प्रश्न उठाउँदै दायर गरेको मुद्दा अदालतमा विचाराधिन छ। अध्यक्ष नेपालले देशको हितमा कुठाराघात नहुने गरी एमसीसीलाई अघि बढाउन आफूहरुले चाहेको पनि बताए ।




प्रतिक्रिया