काठमाण्डु– नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीलाई अनिवार्य अवकाश दिने निर्णय कार्यन्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन आदेश दिएको छ । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले आइतवार छलफलको टुंगो नलागेसम्म क्षेत्रीलाई अवकाश नदिन अल्पकालिन अन्तरिम आदेश दिएको हो ।
सरकारले क्षेत्रीको ठाउंमा वरियतामा पछी रहेका प्रदीप अधिकारीलाई महानिर्देशक नियुक्त गरिसकेको छ । यससंगै उनले काम गर्न नपाउने भएका छन् ।
दुवै पक्षलाई फागुन ९ गते उपस्थित हुन अदालतले आदेश समेत दिएको छ । पर्यटनमन्त्री प्रेम आलेको प्रस्ताव अधिकारीलाई महानिर्देशक बनाइएको थियो ।
क्षेत्रीले उमेर हदका कारण अवकाश पाएका थिए। तर, नागरिक उड्डयन प्राधिकरण ऐनमा महानिर्देशकको उमेर हदका विषयमा केही उल्लेख नभएको दाबी गर्दै उनले सर्वोच्चमा रिट दायर गरेका थिए। सरकारले उनको अवकास भएको भन्दै यसअघि अधिकारीलाई महानिर्देशक बनाउने निर्णय गरिसकेको छ ।





प्रतिक्रिया