एमाले सचिवालयको आकस्मिक बैठक जारी

एमाले सचिवालयको आकस्मिक बैठक जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको केन्द्रीय सचिवालयको आकस्मिक बैठक जारी छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा जारी बैठकमा प्रधानन्यायाधीशविरुद्ध सत्ता गठबन्धनले ल्याएको महाअभियोग प्रस्तावका विषयमा छलफल भइरहेको छ ।

सत्ता गठबन्धनले आइतबार बिहान प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग लगाएपछि एमालेले आकस्मिकरुपमा सचिवालयको बैठक बसेको हो । सचिवालयबाट महाअभियोगको ‘काउन्टरमा एमालेले नीति तय गर्ने बुझिएको छ ।

त्यस्तै एमालेले सोमबार बिहान संसदीय दलको बैठक समेत बोलाएको छ । सोमबार बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा पनि महाअभियोगबारे छलफल गरिने नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

प्रधानन्यायाधीशविरुद्ध सत्ता गठबन्धनका ९८ जना सांसदको हस्ताक्षरसहित महाअभियोग प्रस्ताव संसदमा दर्ता भएलगत्तै एमालेले आफ्ना सबै नेता तथा सांसदलाई काठमाण्डु आइपुग्न निर्देशन दिइसकेको छ ।