काठमाण्डु – कायममुकायम प्रधानन्यायाधीश दिपक कुमार कार्कीले अनौपचारिक फुलकोर्ट बैठक बोलाएका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा निलम्बित भएपछि स्वतः कामु बनेका कार्कीले सोमवार साढे १ बजेका लागि फुलकोर्ट बोलाएका हुन् ।
आइतबार प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएको संसद सचिवालयको पत्र पाउनासाथ वेबसाइटबाट समेत राणाको नाम र फोटो हटाइएको छ ।
कार्कीले आजबाटै प्रधानन्यायाधीशले पाउने सुरक्षा सुविधा समेत लिएका छन् । यद्यपी त्यसलाई अनौपचारिक छलफल भनिएको एक न्यायाधीशले जानकारी दिए ।




प्रतिक्रिया