युक्रेन संकट वार्ताबाटै समाधान गर्न राष्ट्रसंघीय महासचिवको जोड

युक्रेन संकट वार्ताबाटै समाधान गर्न राष्ट्रसंघीय महासचिवको जोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले रसिया र युक्रेनबीचको बढ्दो तनावप्रति गम्भीर चासो देखाएका छन् । रसियाका विदेशमन्त्री सर्गेइ लाभरोभ र युक्रेनका विदेशमन्त्री दिमत्रो कुलेबासँगको टेलिफोन वार्तामा महासचिव गुटरेसले यस्तो चासो देखाएको उनका प्रवक्ताले जानाकारी दिए ।

वार्तामा महासचिव गुटरेसले वर्तमान संकट समाधानका लागि वार्तालाई मुख्य जोड दिएको प्रवक्ता स्टेफेन डुजारिकले बताए । ‘युक्रेनमा बढ्दो तनावबारे महासचिवले दुबै देशका विदेशमन्त्रीहरुसँगको वार्तामा गम्भीर चासो देखाएका थिए ’ डुजारिकले भने ।

सो अवसरमा तनाव शान्त पार्न जारी कूटनीतिक वार्ताको महासचिवले स्वागत गर्दै कूटनीतिको कुनै विकल्प नभएको बताए ।

महासचिव गुट्रेस र उनका प्रवक्ता डुजारिकले रसियाले युक्रेन अतिक्रमण नगर्नेमा आफूहरु अझै पनि विश्वस्त भएको बताएका थिए । ‘मलाई यो विश्वास छैन् की उहाँको धारणा परिवर्तन भएको छ,’ राष्ट्रसंघको प्रधान कार्यलयमा आयोजित दैनिक ब्रिफिङमा प्रवक्ताले भने ।