विनोद चौधरीको केन्द्रीय सदस्य पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर

विनोद चौधरीको केन्द्रीय सदस्य पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता डा सुभासचन्द्र यादवले कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरीको केन्द्रीय सदस्य पद खारेज गर्न माग गर्दै रिट दायर गरेका छन् ।

नेता यादवले चौधरी कांग्रेसको विधान विपरीत केन्द्रीय सदस्य भएको जिकिर गर्दै उनको केन्द्रीय सदस्य पद खारेजीको मागसहित मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । नेता यादवले यसअघि कांग्रेसको केन्द्रीय समितिमा समेत उजुरी दिएका थिए । तर, निर्वाचन समितिले यादवको उजुरी खारेज गर्दै चौधरीलाई केन्द्रीय सदस्यको मान्यता दिएपछि उनी सर्वोच्च पुगेका हुन् ।

उनले १० वर्ष क्रियाशील सदस्य नभएको व्यक्तिले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन नपाउने विधानको व्यवस्था रहेको रिटमा उल्लेख गरेका छन् । गत मंसिर अन्तिम साता भएको कांग्रेसको १४औं महाधिवेशनमा चौधरी मधेशी कोटाबाट निर्वाचित भएका थिए । चौधरी निर्वाचित हुँदा उनीपछिको मत ल्याएका यादव केन्द्रीय सदस्य हुन बाट वञ्चित भएका थिए ।