मधेश सरकारको चार वर्ष : मुख्यमन्त्री राउतले के-के गरे प्रगति ?

मधेश सरकारको चार वर्ष : मुख्यमन्त्री राउतले के-के गरे प्रगति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मधेस प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतले आफु नेतृत्वको सरकारका चार बर्षे उपलब्धी सार्वजनिक गरेका छन् ।

मंगलबार प्रदेश सरकार स्थापना भएको चार वर्षको अवसरमा पत्रकार सम्मेलन आयोजना गर्दै मुख्यमन्त्री राउतले हालसम्मका उपलब्धी सार्वजनिक गरेका हुन् । सरकारको ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियानलाई महत्व दिँदै उनले मोदीको भ्रमणदेखि प्रदेशको नामाकरणसम्मका विषयलाई समेटेका छन् ।

मधेश सरकारले बितेका चार वर्षमा ४४ वटा कानून निर्माण, प्रदेशको प्रशासनिकसहितको संरचना निर्माणका लागि समिति गठन, मधेश आन्दोलनका शहीद परिवारहरुलाई रोजगारी, मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारहरुलाई राहत स्वरुप आर्थिक सहयोग, गम्भीर प्रकृतिको रोगी, विपन्न तथा सीमान्तकृत वर्गलाई राहत र स्वच्छता अभियान अन्तर्गत प्रदेश भित्रका विभिन्न मन्दिर र पोखरीहरुको सौन्दर्यकरण लगायतका कामहरु गरेको छ ।

त्यस्तै कोभिड महामारीका बेला त्यससँग लड्न प्रदेश सरकारले निशुल्क पिसीआर परिक्षणदेखि उपचारको व्यवस्था, राहत वितरण, मार्कामा परेका किसानलाई ऋण छुट, कोरोना विरुद्धको मास्क, सेनीटाइजर वितरण र सुविधा सम्पन्न अस्पतालको निर्माण राम्रो कामहरु गरेको छ ।
मुख्यमन्त्री राउतले प्रदेश सरकारले समाज रुपान्तरणको अभियानमार्फत् महत्वपूर्ण काम गरिरहेको बताए ।

यस्तै मधेस प्रदेश सरकार सम्हालेको पहिलो वर्षमै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सफल भ्रमण गराएको कार्यक्रमलाई उपलब्धिको रुपमा प्रस्तुत गरेका छन् । मुख्यमन्त्री राउतले विभिन्न मन्त्रालयमार्फत् ल्याइएका नीति, कार्यक्रम र योजनालाई सरकारले क्रमशः कार्यान्वयन गर्दै लगेको बताए । मधेस प्रदेशका जनताको चाहना र आकांक्षालाई सम्बोधन गर्न सरकारले निरन्तर प्रयास गर्दैआएको उनले बताएका थिए ।

विशेषगरी समाजमा पछि पारिएका महिला, दलितलगायत उत्पीडितहरूलाई मूल प्रवाहमा ल्याउन प्रदेश सरकारले काम गरेको बताए । यस अवधिसम्म ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियान, छोरी शिक्षा बिमाको कार्यक्रम, साइकल वितरण तथा लोकसेवा कक्षा सञ्चालन लगायत महत्वपूर्ण काम गरिएको उनले बताए ।