जसपा विवाद उत्कर्षमा : नयाँ पार्टी दर्ता गराउँदै हिसिला यमी

जसपा विवाद उत्कर्षमा : नयाँ पार्टी दर्ता गराउँदै हिसिला यमी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपालकी नेतृ हिसिला यमीले समावेशी लोकतान्त्रिक पार्टी दर्ता गराउने तयारी गरेकी छन् ।

संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलगायतले जसपामा अध्यक्ष उपेन्द्र यादवविरुद्ध संघर्ष चर्काइरहेका बेला यमी  ‘समावेशी लोकतान्त्रिक पार्टी’ दर्ता गराउने प्रयासमा लागेकी हुन् ।

त्यसका लागि गृहकार्य गरीरहेकी नेतृ यमीले भने यसवारे कुनै प्रतिक्रिया दिन मानिन् । ‘पत्रकारहरूले पनि के के थाहा पाउँछन, पाउँछन ? म यसबारे केही बोल्दिनँ,’ यमीले संक्षिप्त प्रतिक्रिया दिँदै भनिन् ।

नेतृ यमी जसपा नेपालकी कार्यकारिणी सदस्य छिन, जो अध्यक्ष यादवको विरुद्धमा पार्टी भित्र संघर्ष गरिरहेकी छिन् ।