काठमाण्डु नेपाली कांग्रेसले कार्यकाल सकिएका भ्रातृ संगठन र शुभेच्छुक संस्थाहरू विघटन गरेको छ ।
सानेपास्थित पार्टी कार्यालयमा मंगलबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेपाल विद्यार्थी संघ (नेविसंघ) म्याद सकिएका ९ वटा भ्रातृ संगठन र शुभेच्छुक संस्था विघटन गरेको हो ।
नेविसंघ, नेपाल तरुण दल, नेपाल प्रजातान्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल महिला संघ, नेपाल भूतपूर्व सैनिक संघको तदर्थ समिति फागुनभित्रै गठन हुने कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले बताए ।
नयाँ कमिटी ल्याउने अधिकार बैठकले सभापति शेरबहादुर देउवालाई दिएको छ ।




प्रतिक्रिया