काठमाण्डु – नेकपा माओवादी केन्द्रले एमसीसीको विपक्षमा उभिने निर्णय गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले एमसीसी सम्झौताको विपक्षमा उभिने निर्णय गरेको हो ।
आज दिउँसो १ बजे संसद बैठक बस्दैछ । बैठकमा एमसीसी टेबल गर्ने तयारी गरिएपछि माओवादीले संसदीय दलको बैठकबाट विपक्षमा उभिने निर्णय गरेको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।
सहमति जुटाएर मात्र एमसीसी पास गर्नुपर्ने निर्णय भएको बताउँदै उनले जबरजस्ती एमसीसी संसदमा टेबुल गरिए सरकारमा नरहने निर्णय भएको समेत बताए । ‘सबै दलको सहमति हुनुपर्छ, कम्तीमा सरकारमा रहेका गठबन्धनका बीचमा पनि सहमति जुट्न जरुरी छ ‘, गुरुङले सञ्चारकर्मीसँग भने ।




प्रतिक्रिया