एमसीसीबारे पार्टीको निर्णय सुनाउन प्रचण्ड बालुवाटारमा

एमसीसीबारे पार्टीको निर्णय सुनाउन प्रचण्ड बालुवाटारमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । आज बिहान बसेको माओवादी संसदीय दलको बैठक सकिएलगत्तै उनी प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका हुन् ।

दलको बैठकले आज बस्ने संसदमा एमसीसी जबरजस्ती टेबुल गरिए विपक्षमा मतदान गर्ने, दलहरुबीच हुनुपर्ने र नभए सरकारबाट बाहिरिने निर्णय गरेको छ । पार्टीले गरेको सो निर्णय सुनाउन प्रचण्ड बालुवाटार पुगेका हुन् ।

एमसीसीको विषयलाई लिएर सत्ता साझेदार दलहरुबीच नै विवाद उत्पन्न भएको छ । नेपाली कांग्रेसबाहेक अन्य सबै दलहरु एमसीसीको विरोधमा उत्रिएका छन् ।