एमसीसीबारे निर्णय लिन देउवाले बोलाए गठबन्धनकाे बैठक

एमसीसीबारे निर्णय लिन देउवाले बोलाए गठबन्धनकाे बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर दोउवाले सत्ता गठबन्धनको बैठक बोलाएका छन् । नेकपा माओवादी केन्द्रका अधयक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि उनले भोलिका लागि गठबन्धनका शीर्ष नेताहरूको बैठक बोलाएका हुन् ।

एमसीसीबारे निर्णाय गर्न भोलि बिहीवार अपराह्न ३ बजे बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक बोलाइएको प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् । योसँगै एमसीसी सम्झौता आज बस्ने संसद बैठकमा टेबल हुने सम्भावना कम भएको छ ।

यसअघि माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसीसी सम्झौता जबर्जस्ती टेबल गरिए सरकारबाट बाहिरिने निर्णय गरेको थियो । सो निर्णय सुनाउन प्रचण्ड बालुवाटार पुगेका थिए ।