एमसीसीबारे बहसमा आउन भीम रावलको चुनौती

एमसीसीबारे बहसमा आउन भीम रावलको चुनौती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका सांसद भीम रावलले एमसीसी नेपालको हितमा छ भन्नेलाई आफूसँग बहसमा आउन चुनौती दिएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले एमसीसीका केही बुँदा राष्ट्रहित विपरीत रहेको भन्दै संशोधन नगरी अनुमोदन गर्न नसकिने बताए ।

भीम रावलकै कारण एमसीसीको विरोध भएको भन्ने व्यक्तिलाई चुनौती दिँदै उनले भने, ‘एमसीसीका सम्झौता, यससँग सम्बन्धि अन्य सम्झौताका बुँदा बुँदामा बहस गर्न आउन चुनौती दिन्छु ।’