एमसीसीबारे साँझ ५ बजे निर्णयमा पुग्छौँ : माधव नेपाल

एमसीसीबारे साँझ ५ बजे निर्णयमा पुग्छौँ : माधव नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले एमसीसीबारे आज बोलाइएको गठबन्धनको बैठले निर्णय गर्ने बताएका छन् ।

आज नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि नेता नेपालले एमसीसी अनुमोदन गर्ने की नगर्ने विषयमा साँझ ५ बजे निर्णयमा पुग्ने बताएका हुन् । अध्यक्ष नेपालले भने, ‘आजै ५ बजे बस्ने गठबन्धनको बैठकमा निर्णयमा पुग्छौँ ।’

एमसीसीबारे निर्णायक छलफल गर्नको लागि गठबन्धनको बैठक आज साँझ पाँच बजे बस्ने भएको छ ।