सत्ता गठबन्धनको बैठक सकियो,भोलि बिहान ९ बजे फेरि बस्ने

सत्ता गठबन्धनको बैठक सकियो,भोलि बिहान ९ बजे फेरि बस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  अमेरिकी सहयोग परियोजना (एमसिसी)बारे छलफल गर्न बसेको सत्तारूढ गठबन्धनको बैठक सकिएको छ।

यस्तै बुधबार बसेको माओवादीको संसदीय दलको बैठकले जबरजस्ती एमसिसी पारित गर्न खोजे सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

बैठकमा नेपाली कांग्रेसबाट प्रधानमन्त्री देउवा, नेताहरू कृष्णप्रसाद सिटौला, गगन थापा, पूर्णबहादुर खड्का, कानुन मन्त्री दिलेन्द्रप्रसाद बडु, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीबाट बाबुराम भट्टराई सहभागी थिए । यस्तै जसपाका अध्यक्ष उपेन्द्र यादव भने सहभागी छैनन्। उनी राजधानीबाहिर भएकाले उपस्थित हुन सकेनन्।

एमसीसीबारे निर्णायक छलफलका रुपमा हेरिएको बैठक विना निष्कर्ष टुंगिएको छ । भोलि ९ बजे फेरि बैठक बस्नेगरि आजकाे बैठक सकिएकाे माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए ।