एमसीसीको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै

एमसीसीको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  एमसीसी सम्झौतामा सहमति खोज्ने प्रयासमा आज पनि सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजे बोलाइएको छ ।

सत्ता गठबन्धनका पाँच दल नै पाँचतिर भएपछि एमसिसी संसदमा टेबुलसमेत हुन सकेको छैन । कांगेसले एमसीसी अगाडि बढाउन चाहे पनि माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी विपक्षमा उभिएपछि यसअघि संसदमा टेबल गर्ने भनिएको तयारी केही दिन पछि धकेलिएको थियो।

१६ फागुनभित्र एमसीसी संसदबाट पारित गरिसक्नुपर्ने अन्तिम समयसीमा भएकाले प्रधानमन्त्री शेरबहादुर देउवा दबाबमा छन्। प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दैछ । सहमति जुटाउने भन्दै बिहीबार बसेको सत्ता गठबन्धनको बैठक विनानिष्कर्ष टुंगियो ।