नवलपरासी– पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकबाट गएराति प्रहरीले स्वचालित अमेरिकी पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले ‘मेड इन यूएसए’ लेखेको एक थान स्वचालित पेस्तोल र त्यसमा लाग्ने खाली म्यागजिनसहित बर्दघाट नगरपालिका–१० बस्ने ३१ वर्षीय किशोर अर्याललाई पक्राउ गरेको हो ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा ९ च ९९६ नं को पिकअप गाडीलाई सुरक्षा जाँच गर्दा गाडीमा लुकाइछिपाइ राखिएको अवस्थामा पेस्तोल बरामद गरिएको पश्चिम नवलपरासीका प्रहरी उपरीक्षक राजेन्द्र भट्टले जानकारी दिए। पक्राउ परेका अर्याललाई हातहतियार खरखजाना ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ।




प्रतिक्रिया