काठमाण्डु – हृदयेश त्रिपाठी समूहले अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा उभिने निर्णय गरेको छ । आजबाट सुरु हुने एमसीसीमाथिको छलफलमा भाग लिएर त्रिपाठी समूहले पक्षमा मतदान गर्ने भएको हो ।
‘बाबुराम भट्टराई प्रधानमन्त्री र वर्षमान पुन अर्थमन्त्री हुँदा एमसीसी माग गरेका हौं । त्यो सरकारमा म पनि सहभागी थिएँ,’ त्रिपाठीले भने, ‘एमसीसी अनुमोदनका लागि संसदमा दर्ता गर्दा केपी ओली सरकारमा म पनि थिएँ । मैले नैतिकहीन हुने काम गर्नु हुन्न । हाम्रो पार्टी एमसीसीको पक्षमा छ ।’
त्रिपाठीको अध्यक्षतामा जनप्रगतिशील पार्टी निर्वाचन आयोगमा दर्ता छ । सो पार्टीसँग अहिले दुई सांसद छन् ।




प्रतिक्रिया