राजधानीमा बढ्यो अबैध हुण्डीको कारोवार

राजधानीमा बढ्यो अबैध हुण्डीको कारोवार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – लामो समयदेखि अबैध रुपमा हुण्डी कारोबार गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । गिरोहले विभिन्न मुलुकमा हुण्डी मार्फत रकम पठाउने गरेको विशेष सुराकीको आधारमा महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।

महाशाखाले न्युरोड, पुतलीसडक, ताहाचल लगायतका स्थानमा छापामारी पाच हुण्डी कारोबारीलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट ५३ लाख नगद र २३ लाख रुपिया बरावरको चेक बरामद गरेको छ ।

प्रहरीले उनीहरुको साथबाट बिभिन्न बैकका हस्ताक्षर गरी राखिएका चेकबुकहरु,वाट्सएपमा गरिएको हुण्डीको कारोबारको विवरण, हुण्डी कारोबार गरिएको कागजातहरु बरामद गरिएको छ ।

नेपालबाट विदेश अध्ययन गर्न जाने र विदेशमा कमाइ गरेको रकम हुण्डी मार्फ पठाउने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।,यो खबर आजको नेपाल समाचारपत्रमा छ ।