काठमाण्डु- जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी बैठकले विभिन्न १२ वटा एजेण्डा तय गरेको छ ।
आज बसेको बैठकले एमसीसी स्थानीय तहको निर्वाचन, समसामयिक राजनीतिक अवस्था, कार्यकारिणीलाई पूर्णता, केन्द्रीय समितिको कार्यविभाजन, नेतृत्व प्रणाली, विधान अधिवेशन, सुज अभियान, सरकारमा सहभागी मन्त्रीहरुको कार्य समिति, केन्द्रीय समिति र संघीय परिषद्को बैठकलगायतको एजेण्डा तय गरेको पार्टीका कार्यालय सचिव प्रकाश अधिकारीले बताए ।
जसपाभत्रि संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षबीच विवाद बढेको छ । कार्यकारी अध्यक्षको अधिकार बाँडफाँटको माग गरेको अध्यक्ष भट्टराई पक्षले हस्ताक्षर समेत संकलन गरेको छ । यता अध्यक्ष यादवले केन्द्रीय समितिको बैठक बोलाएका छैनन् ।




प्रतिक्रिया