एमसीसीलाई टुंगो लगाएर गठबन्धन जोगाउने अन्तिम प्रयासमा लागेको छु : प्रचण्ड

एमसीसीलाई टुंगो लगाएर गठबन्धन जोगाउने अन्तिम प्रयासमा लागेको छु : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन जोगाउन अन्तिम प्रयास गरिरहेको बताएका छन् । शनिबार बिहान काठमाण्डुमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले सजिलै गठबन्धनलाई फुट्न नदिने बताएका हुन् ।

उनले गठबन्धन जोगाउने र एमसीसी समस्या समाधानको विकल्पबारे छलफल भइरहेको बताए । ‘गठबन्धन सजिलै नटुटोस् भनेर हामी लागिराखेका छौँ,’ प्रचण्डले भने, ‘एमसीसीको समस्या पनि समाधान होस् गठबन्धन पनि नटुटोस् भनेर छलफल भइराखेको छ । विकल्प खोजिरहेका छौँ ।’

गठबन्धन बनाउँदा र साझा न्यूनतम कार्यक्रम बनाउँदा एमसीसी नराखेको समेत दाबी गरे । प्रचण्डले बिना संशोधन एमसीसी सम्झौता पास नगर्ने माओवादीको अडान रहेको उल्लेख गर्दै उनले यसकै कारणले गठबन्धन टुट्ने र फेरि प्रतिगमनकारी शक्ति हाबी हुने त होइन भन्ने अवस्था आएको पनि बताएका छन् ।