काठमाण्डु- प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भेटवार्ता हुने भएको छ । प्रधानमन्त्री देउवा र ओलीबीच भेट हुनुअघि कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच छलफल भएको हो ।
स्रोतका अनुसार कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच बालकोटमा एमसीसी पास गर्नेबारे छलफल भएको हो । अमेरिकाले एमसीसी पास गर्न दिएको समय अब दुई दिन मात्र बाँकी छ ।
आइतबार बस्ने प्रतिनिधिसभाको बैठकबाट एमसीसी पास गर्ने रणनीतिमा देउवा लागेका छन् । सत्ता गठबन्धन दलहरुले एमसीसी पास गर्न सहयोग नगरेपछि प्रधानमन्त्री देउवाले पछिल्लो समय अध्यक्ष ओलीसँग भेटवार्ता गरिरहेका छन् ।
नेकपा एमालेले हालको पाँच दलीय गठबन्धन फुटे एमसीसी पास गर्न सहयोग गर्ने बताइसकेको छ । स्रोतका अनुसार आज देउवा र ओलीबीच निर्णायक छलफल हुनेछ ।




प्रतिक्रिया