काठमाण्डु – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी पास राष्ट्रघाती हुन नसक्ने बताएका छन् । शालिक तथा पार्क निर्माण समितिको आयोजना तथा नेकां सहिद विक्रम परियारको अर्धकदको शालिक शनिबार अनावरण गर्दै नेता पौडेललेएमसीसी पास राष्ट्रघाती हुन नसक्ने बताएका हुन् ।
एमसीसी सम्झौतामा हस्ताक्षर गरेर कम्युनिष्ट घटक अहिले आएर पन्छिने गरेको उनले आरोप समेत लगाए । गरिबीपनले हिंसा र आतङ्कजस्ता गतिविधि हुँदै गएको उल्लेख गर्दै नेता पौडेलले नेपालमा विद्युतीय क्षमता बढाएर आर्थिक पक्षमा सबल भई गरिबी हटाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । लोकतन्त्र र प्रजातन्त्रको रक्षाका लागि स्व परियारले महत्वपूर्ण योगदान पु¥याएको चर्चा गर्दै उनले पार्टीले सहिदका रूपमा सम्मान गरेको बताए ।




प्रतिक्रिया