११ बुदामा परिमार्जन गरेर एमसीसी अनुमोदन गर्ने तयारीमा सत्तारुढ गठबन्धन

११ बुदामा परिमार्जन गरेर एमसीसी अनुमोदन गर्ने तयारीमा सत्तारुढ गठबन्धन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  सत्तारुढ गठबन्धनमा अमेरिकी सहायता सम्झौता एमसीसी संसदबाट अनुमोदन गराउने विषयमा सहमति भएको छ । उक्त सहमतिलाई औपचारिकता दिन सत्ता गठबन्धनका शीर्ष नेताहरुको अहिले छलफल हुँदैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच अहिले छलफल हुन लागेको हो ।

सत्तारुढ गठबन्धनले एमसीसीबारे व्याख्यात्मक विश्लेषण गरी पारित गर्ने तयारी गरेको छ । कानुन व्यवसायीहरुको सल्लाहअनुसार एमसीसीबारे प्रश्न उठेका विषयमा अन्तर्राष्ट्रिय अभ्यासअनुसार व्याख्यात्मक घोषणाको मस्यौदा तयार भइसकेको छ ।

सत्तारुढ गठबन्धन ११ बुदामा परिमार्जन गरेर एमसीसी अनुमोदन गर्न सहमति नजिक पुगिसकेको स्रोतले बताएको छ ।

उक्त मस्यौदा आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने तयारी छ । माओवादी केन्द्र र एकिकृत समाजवादीमा एमसीसीको विषयलाई लिएर रडाको मच्चिएको छ ।

आजै दिउसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथिको छलmल अघि बढाइने कार्यसूची छ ।