काठमाण्डु – नेपाली काँग्रेसको ६ वटा जिल्लामा आज अधिवेशन हुँदैछ । कांग्रेसले बाँकी रेहेका १३ मध्ये ६ वटा जिल्लामा आज अधिवेशन गर्न लागेको हो ।
सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली, पर्सा, महोत्तरी र कैलालीमा आज हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । कांग्रेसले बाँकी अन्य १० जिल्लाको अधिवेशन भने २० फागुनसम्म गरिसक्न निर्देशन दिएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालले बाँकी १० जिल्लाको अधिवेशन फागुन २० सम्म गरिसक्न निर्देशन दिएको बताए ।




प्रतिक्रिया