माओवादी बैठक : एमसीसी पास गर्ने निर्णय, नारायणकाजीसहित चार नेताकाे असहमति

माओवादी बैठक : एमसीसी पास गर्ने निर्णय, नारायणकाजीसहित चार नेताकाे असहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माआवादी केन्द्रले एमसीसी पारित गर्ने निर्णय गरेको छ । एमसीसी सम्झौता अनुमोदन सम्बन्धमा थप निर्णय गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पूर्वस्थायी समितिका शीर्ष नेताहरुको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पास गर्ने निर्णय गरेको हो ।

हिजो राति प्रधानमन्त्री निवास बालुवाटारमा भएको गठबन्धन बैठकमा एमसीसी सम्झौतालाई पूरक प्रस्तावसहित अनुमोदन गर्ने सहमति भएको थियो । सत्ता गठबन्धनमा एमसीसी बारेको विवादित बुँदामा ब्याख्यात्मक विश्लेषण भएको छ । सो बुँदा माओवादीले पनि अनुमोदन गरेसँगै अब गठबन्धनमा एमसीसी बारेको विवाद मिलेको स्रोतको दाबी छ । तर बैठकमा चार नेताले भने एमसीसी पास गर्ने विषयमा असहमति जनाएका छन् ।

बैठकले भियना सन्धि अनुकूल हुने गरी ब्याख्या र सम्झौता कार्यान्वयनमा नेपालको कानुन सर्वोच्च र सर्वोपरी हुनेगरी पूरक प्रस्ताव पारित गर्दै सम्झौता अनुमोदन गर्ने निर्णय गरेको बुझिएको छ । जसमा नेता नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल र देव गुरुङले असहमति जनाएको स्रोतले बतायो ।  संसदमा आजदेखि एमसीसीबारे छलफल सुरु गर्ने सम्भावित कार्यसूची छ ।