एमसीसी पास गर्ने पार्टीको निर्णयप्रति नेता पोखरेल असन्तुष्ट

एमसीसी पास गर्ने पार्टीको निर्णयप्रति नेता पोखरेल असन्तुष्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने पार्टीको निर्णयमा असहमति जनाएका छन् ।

पार्टीको निर्णयपछि संक्षिप्त प्रतिक्रिया दिँदै नेता पोखरेलले एमसीसीमा टिप्पणीसहितको सम्झौताको अर्थ नहुने बताएका हुन् । एमसीसीमा टिप्पणीसहितको सम्झौता गर्ने भनिए पनि त्यो सिधै सम्झौता ठहर्ने नेता पोखरेलको भनाई छ ।

सम्झौता संशोधन वा परिमार्जनमध्ये आफुहरुको माग पुरा नहुने र सम्झौता संशोधनको अर्थ पनि नरहने उनले तर्क गरे । व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने पार्टीको निर्णयमा अन्य केहि नेताहरु पनि असन्तुष्ट रहेको तर आफुले नाम भन्न नचाहेको पोखरेलले बताए ।