माओवादी सांसदलाई बाँडियो एमसिसीको ११ बुँदे व्याख्यात्मक टिप्पणी

माओवादी सांसदलाई बाँडियो एमसिसीको ११ बुँदे व्याख्यात्मक टिप्पणी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ । संसद भवन नयाँ बानेश्वरमा जारी संसदीय दलको बैठकमा प्रमुख सचेतक देश गुरुङले एमसिसी सम्झौतासँगै पारित हुन लागेको यसको व्याख्यात्मक टिप्पणीको प्रस्ताव वाचन गरेका थिए ।

बाचनपछि उनले उक्त व्याख्यात्मक टिप्पणीको प्रस्ताव बैठकमा सहभागी सांसदहरुलाई बाडेका छन् । उनले ११ बुँदे व्याख्यात्मक घोषणा संसदबाट पारित गरेपनि एमसीसीले मान्यता दिनेमा शंका रहेको गुरुङले बताएका छन् । यो प्रक्रिया केवल उधारो सम्झौता त हुने हैन भन्दै प्रश्न गर्दै त्यसबारे गम्भीर हुनुपर्ने उनले बताए ।

अहिले अध्यक्ष प्रचण्डले आफ्नो धारणा सुनाइरहेका छन् ।यसअघि आजै बसेको सत्तारूढ गठबन्धनको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गर्ने निर्णय गरेको थियो ।