सुटकेशको पांग्रा फिट गरेर सुन तस्करी ! डेढ कराेडको सुनसहित पाँच भारतीय पक्राउ

सुटकेशको पांग्रा फिट गरेर सुन तस्करी ! डेढ कराेडको सुनसहित पाँच भारतीय पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रिरहेको अवैध सुनसहित पाँच जना भारतीयलाई पक्राउ गरेको छ।

सुटकेशको पांग्रा नै सुनको बनाएर तस्करी गरिरहेका बेला प्रहरीले विमानस्थलमा तीन किलो ३६ ग्राम सुनसहित हरमिन्दर सिंह, अमित पल सिंह, ईश्वर दास, अवतार सिंह र रिजवन अब्बुल अन्सारीलाई पक्राउ गरेको हो।

विमानस्थल प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार उनीहरुमध्ये ४ जनाले सुटकेशमा पांग्राका रुपमा सुन फिट गरेका थिए, भने एक जनाले खल्तीमा सुन राखेका थिए।

प्रहरीले ५९ वटा टुक्रा रहेको सुनको मूल्य एक करोड ४७ लाख ८५ हजार ३ सय २० रुपैयाँ कायम गरेको छ। उनीहरु सबै बैककबाट थाई एयरबाट सोमबार राती नेपाल आएका थिए।

सोमबार बेलुका पक्राउ परेका उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको उनले बताए।

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन २ गते आधा केजी अवैध सुनसहित तीन भारतीयर साउन १ गते २ भारतीयलाई पक्राउ गरेको थियो।

सरकारले केही समयअघि गठन गरेको एक समितिले पछिल्ला पाँच वर्षमा विमानस्थल हुँदै ३८ क्विन्टल सुन तस्करी भएको तथ्य सार्वजनिक गरेको थियो।लाई पक्राउ गरेको थियो।