कामु प्रधानसेनापतिमा पूर्णचन्द्र थापा, को–हुन् थापा?

कामु प्रधानसेनापतिमा पूर्णचन्द्र थापा, को–हुन् थापा?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले नेपाली सेनाको कामु प्रधानसेनापतिमा पूर्णचन्द्र थापालाई नियुक्त गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई कामु प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको हो।

प्रधानससेनापति राजेन्द्र क्षत्रीको कार्यकाल आगामी भदौ २४ गते सकिँदैछ। उनी साउन २४ अर्थात् सेवा निवृत्तको एक महिना अघि नै विदामा बस्न भएपछि साउन २५ बाट थापाले कमाण्ड सम्हाल्नेछन्।

मन्त्रिपरिषद बैठकले थापालाई कायममुकायम प्रधानसेनापति तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

सेनाका २ रथीमध्ये थापा सिनियर हुन्। उनलाई प्रधानसेनापति क्षत्रीले नै भावी प्रधानसेनापतिका रुपमा अघि बढाएका थिए। २ वर्षे शान्ति मिसनमा फोर्स कमाण्डरका रुपमा गएका उनलाई एक वर्षमै फिर्ता बोलाइएको थियो।

को हुन् थापा?

थापाले यअसघि प्यालेस्टाइन सीमा क्षेत्रस्थित राष्ट्रसंघीय मिसन, अनडफमा फोर्स कमाण्डरको जिम्मेवारी सम्हालिसकेका छन्।

फोर्स कमाण्डरको जिम्मेवारी सफलतापूर्वक पुरा गरेर एक वर्षमै नेपाल फर्केका रथी थापा उच्च व्यवसायीक सैनिक अधिकारी मानिन्छन् । थापा सेनामा यस्ता सैनिक अधिकृत हुन जसले सेनाका महत्वपुर्ण विभाग मानिनै सवै ठाउँमा काम गरेर आफूलाई प्रमाणित गरिसकेका छन् ।

उनले स्टाफतर्फ जंगी अड्डामा जनरल स्टाफ अधिकृत, प्रमुख सैन्य सचिवालयमा सम्पर्क अधिकृत, नेपाली सेनाको महत्वपूर्ण नियुक्ति मानिने सैनिक सचिव र कल्याणकारी निर्देशक र उपरथी हुँदा कार्यरथी तथा संभाररथीको अनुभव बटुले।

सरल स्वभाव र योग्यताका हिसावले पनि अव्वल मानिएका थापा लमजुङ्ग पाखाथोकमा जन्मिएका हुन्। २०३६ सालमा सहायक सेनानीमा भर्ना भएका थापाको पल्टन भने गोरख बहादुर गण हो। थापाले सन् २००९ मा भारतको न्यु दिल्लीमा अवस्थित नेशनल डिफेन्स कलेजबाट नेशनल डिफेन्स कोर्ष गरेका हुन्।