काठमाण्डु- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतका कमजोरी सच्याएर जनतासँग माफी माग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
शनिबार सिन्धुली पार्टी कार्यालयको भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले नेता कार्यकर्तालाई गठबन्धनको भर नपरि आफ्नै खुट्टामा उभिन निर्देशन दिएका हुन् ।
उनले हालको गठबन्धनको भरमा नपर्न पनि कार्यकर्तालाई आग्रह गरेका छन् । ‘पहिले आफ्नै खुट्टामा उभिने हो, गठबन्धनको भर नपरौँ । विगतका कमजोरी सच्याउने र जनतासँग माफी माग्न अप्ठ्यारो मान्न पर्दैन ।’, उनले भने ।
आफू बलियो भए गठबन्धनले आफैं खोज्ने पनि प्रचण्डले बताए । ‘अहिले गठबन्धनमा छौं, भोलि के हुन्छ थाहा छैन,’ प्रचण्डले भने । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमो जुट्न पनि उनले निर्देश दिएका छन् ।




प्रतिक्रिया