माओवादीबाट निर्वाचित सांसद विष्ट एमाले प्रवेश गर्दै

माओवादीबाट निर्वाचित सांसद विष्ट एमाले प्रवेश गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  नेकपा माओवादी केन्द्र बाट कर्णाली प्रदेश सभामा प्रमुख सचेतक रहेका ठम्मरबहादुर विष्ट आज नेकपा एमालेमा प्रवेश गर्दै छन् । एमाले कर्णाली प्रदेश कमिटीले वीरेन्द्रनगरमा आयोजना गरेको बृहत कार्यकर्ता भेलामा सांसद विष्ट दलबलसहित एमालेमा प्रवेश गर्दैछन् ।

उनि सुर्खेतका जनाधार भएका नेता हुन् । विष्टसहित दर्जनौ नेता कार्यकर्ताहरु पनि एमाले प्रवेश गर्दैछन् ।

अमेरिकी अनुदान सहायता सम्झौता एमसीसी संसदबाट पारित गर्न माओवादी केन्द्र सहमत भएपछी असन्तुष्ट रहेका विष्टले गत शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेकपा माओवादी केन्द्र त्यागेको घोषणा गरेका थिए । उनले सांसद र प्रमुख सचेतकबाट समेत राजीनामा दिएका थिए ।

विष्टलाई आज एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी प्रवेश गराउने कार्यक्रम छ ।